काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनकुमार सुनारले मोहियानी हकका बारेमा र किसानलाई जग्गाको मालिक बनाउने सम्बन्धमा सोध्नुभएको प्रश्नमा उहाँले किसान र जग्गासम्बन्धी समस्या साधान गर्न सरकार निरन्तर लागि परेको बताए।
“किसानको हकहित संरक्षण गर्न भूमिसम्बन्धी ऐन २०२१ को दफा २५ ले मोहीयानी हकको व्यवस्था गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री रावलले भनिन । उनका अनुसार जमिनमा रहेको द्वैध स्वामित्व अन्त्य गर्न भूमि सम्बन्धी ऐन २०२१ ले निर्धारण बमोजिम जग्गाधनी वा मोही कसैले पनि बाँडफाँडका लागि निवेदन नदिएमा दुबै जनाको नाममा संयुक्त जग्गा धनी कायम हुने गरी मोहीको लगतकट्टा गरिनेछ ।
निजहरूको माग गरेका बखत उक्त संयुक्त नाममा रहेको जग्गा आधाआधा बाँडफँट गरी दिने व्यवस्था रहेकोसमेत उनले जानकारी गराइन । यससम्बन्धी कतिपय क्षेत्रमा देखिएका समस्याको समाधानका लागि मन्त्री रावलले कामको थालनी भइसकेको बताइन ।



















प्रतिक्रिया