१३ भदौ २०८३, शनिबार | August 29, 2026

रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र आज सुरु हुँदैछ । यसका लागि मंगलबार बिहान ७ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु गरिएको छ ।

सोमबार बिहान साढे ८ बजेदेखि सुरु गर्ने तय गरिएको बन्दसत्र प्राविधिक कारणले एक दिनका लागि स्थगित गरिएको थियो । पार्टीका प्रवक्ता मनिष झाले प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा परिचयपत्र छपाइ कार्य सम्पन्न हुन नसकेकाले बन्दसत्र सार्नुपरेको जानकारी दिए ।

उनका अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रतिनिधि छनोट र परिचयपत्र वितरण प्रक्रियामा कुनै विवाद नआओस् भन्ने उद्देश्यले आवश्यक तयारी पूरा गर्न समय लिइएको हो । सोमबार साँझदेखि नै परिचयपत्र वितरण सुरु गरिएको र बाँकी कार्डहरू प्रदेशमार्फत मंगलबार बिहानदेखि वितरण भइरहेको उनले बताए ।

पार्टीले सातै प्रदेश, समायोजन र प्रवासतर्फका प्रतिनिधिका लागि छुट्टाछुट्टै स्थानबाट परिचयपत्र वितरणको व्यवस्था मिलाएको जनाएको छ । परिचयपत्र वितरण सम्पन्न भएपछि बन्दसत्र पूर्वनिर्धारित कार्यसूचीअनुसार सञ्चालन गरिनेछ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुवात अनुशासन आयोगका संयोजक रमाकान्त रिमालद्वारा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुतिबाट हुनेछ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नेछिन् भने सो प्रतिवेदनमाथि छलफल गरिनेछ ।

त्यसैगरी महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सहमहामन्त्रीमार्फत पार्टी विधानमाथि छलफल र अनुमोदन गरिने कार्यसूची छ । विधान अनुमोदनपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसमा छलफल र अनुमोदनको प्रक्रिया अघि बढाइनेछ ।

बन्दसत्रको अन्त्यतिर सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने तथा आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित कार्यक्रम रहेको छ । त्यसपछि निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रियासम्बन्धी निर्वाचन तालिका सार्वजनिक गर्नेछ ।

आइतबार चितवनको गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : ४५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ