१७ असार २०८३, बुधबार | July 1, 2026

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । चमतीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराए ।

सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र र ‘घण्टी’ उपहार दिएका थिए । केन्द्रीय सदस्यको शपथपछि सभापति लामिछानेले निर्वाचित पदाधिकारीलाई शपथ गराए ।

यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन भएको थियो । महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसकेका छन् ।

रास्वपाको केन्द्रीय सदस्य को को ?

रास्वपाको केन्द्रीय सदस्यमा खुला तथा समावेशीतर्फ ३३, खस÷आर्यतर्फ १०, आदिवासी÷जनजातितर्फ नौ, थारु दुई, मधेसीतर्फ पाँच, दलिततर्फ तीन र मुस्लिमतर्फ दुई जना निर्वाचित हुनुभएको छ । यस्तै प्रादेशिक समूहतर्फ कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पाँचरपाँच जना गरी ३५ जना निर्वाचित भएका छन् ।

खुलातर्फ रवि लामिछाने, डा स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा तोसिमा कार्की, रञ्जु न्यौपाने, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य, रमेश प्रसाई, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, सस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम शाह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य निर्वाचित भएका छन् ।

खस÷आर्यतर्फ सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लीश्वर कार्की (रोहन), प्रकृति ढकाल, टीका सङ्ग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा र सुशील कार्की पोख्रेल, आदिवासीरजनजातितर्फ मिलन लिम्बू, शङ्कर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, ध्रुव थापा (मगर), आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुशुम महर्जन निर्वाचित भएका छन् ।

थारु समूहतर्फ करिष्मा कठरिया र अशोकुमार चौधरी, मधेसीतर्फ बब्लु गुप्ता, अरविन्द साह, दीपकुमार साह, जुली यादव र कामिनीकुमारी चौधरी, दलितर्फ विजय जैरु, शिव नेपाली, सविना विक र खिमा विक, मुस्लिमतर्फ समिना मिया र रहबर अन्सारी निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रादेशिक समूहतर्फ कोशीबाट निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ, मधेसबाट सुस्मा बस्नेत, सुनिताकुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह र अङ्कितकुमार यादव, बागमतीबाट प्रभा ढकाल, विदुषी राणा, आकाङ्क्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा, गण्डकीबाट पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, पूजा बास्तोला र विष्णुकुमारी गुरुङ निर्वाचित भएका छन् ।

लुम्बिनीबाट कल्पना पाण्डे, सङ्गीता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक र शर्मिला खनाल, कर्णालीबाट सीता बादी, विनिता कठायत, टासी ल्हाजोम, मेनुका शाही र प्रकाश न्यौपाने तथा सुदूरपश्चिमबाट हेमराज थापा, केपी खनाल, दीपकराज बोहरा, जानिका जोशी र चन्द्र ऐर चाँदनी निर्वाचित हुनुभएको आयोगले जनाएको छ ।

छ पदाधिकारी

भरतपुर महाधिवेशनबाट रास्वपाको छ पदाधिकारी निर्वाचित भएका छन् । पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनपछि दोस्रो चरणमा पदाधिकारीको निर्वाचन भएको थियो ।

महाधिवेशनबाट सभापतिमा रवि लामिछाने र उपसभापति खुलातर्फ डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । यस्तै उपसभापति महिलातर्फ सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल तथा सहमहामन्त्री महिलातर्फ निशा डाँगी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  २ : ४५ बजे

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी