म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ निवासी २३ वर्षीय सोहेल मिया रहेका छन् ।
बुधबार राति करिब ८ बजे ढुङ्गा र माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको थियो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
उद्धार टोलीले गाडीभित्र फसेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याएको थियो । तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पहिरोका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि पहिरोको जोखिम बढेकाले उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।



















प्रतिक्रिया