बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने गरी बुटवलमा मेट्रो आई केयर लुम्बिनी सञ्चालनमा आएको छ । बुटवल-८ सुख्खानगर भाटभटेनी सुपर मार्केट नजिकै सञ्चालित अस्पतालमा फेको सेन्टर सञ्चालन गरी बिना इन्जेक्सन आँखाको उपचार प्रदान सुरु गरेको छ ।
आइ केयर सेन्टर सबै उपचार गर्ने आँखाको पूर्ण अस्पताल रहेको सञ्चालकको भनाइ छ ।
सरकारी शुल्कमा सम्पूर्ण उपचार लिनको लागि काठमाडौं र भैरहवासम्म जानुपर्ने बाध्यता अन्त्य भएको आइ केयरका दृष्टी विशेषज्ञ अमित केसीले बताए । बालबालिकाको आखाको सबै उपचार सेवा, जलविन्दु, मोतियाबिन्दू, रेटिना क्लिनिकसहित विभिन्न युनिटमा आइ केयरले सेवा प्रदान गर्नेछन । यस्तै आँखाको पर्दा सम्बन्धी सबै उपचारको प्याकेज सहित मधुमेह र उच्च रक्तचापका कारण आँखा सम्बन्धी दृष्टीमा समस्या आएका विरामीको पनि उपचार अस्पतालमा हुनेछ ।
अस्पतालमा समय समयमा काठमाडौंबाट समेत विशेषज्ञ चिकित्सकको टोली पनि अस्पतालमा आएर सेवा प्रदान गर्नेछन । लामो समयदेखि दृष्टी सम्बन्धी सेवामा कार्यरत अस्पतालका दृष्टी विशेषज्ञ प्रभात जिसीले अस्पतालले सेवाको भावले सञ्चालनमा गरिएको बताए । मोतियाविन्दुको शल्यक्रिया गरेको विरामीले अपरेशन गरेकै दिन आफ्नो काम गर्न सक्ने उनले बताए ।
३० लाख लगानीबाट सुरु गरिएको अस्पतालमा १ करोड ३० लाख रुपैया लगानी पुगेको छ । अस्पतालमा ५ जना विशेषज्ञ टिम रहेको छ । अस्पतलामा ९ जनालाई रोजगार पाएका छन ।
अस्पतालले सुगर र प्रेसरबाट जोगिएर आँखाको दृष्टी जोगाउ भन्ने उद्देश्यसहित यहीँ असार १४ गतेदेखि १९ गतेसम्म निःशुल्क सुगरको चेकजाँच हुनेछ । उद्घाटन सत्रमा चम्मा खरिदमा २० प्रतिशत छुटको व्यवस्था समेत रहेको छ ।



















प्रतिक्रिया