१३ भदौ २०८३, शनिबार | August 29, 2026

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै



काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिमा नेपालका सात खेलाडी १६ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप-२०२६ मा सहभागी हुने भएका छन् । प्रतियोगिता असार १६ देखि २० गतेसम्म भुटानमा आयोजना हुँदैछ ।

राखेपको आधिकारिक स्वीकृतिअनुसार नेपालबाट विभिन्न तौल समूह तथा फिजिक विधामा सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । टोलीमा बिनु जीटी (महिला मोडल फिजिक-१५५ से.मि. माथि), सीता खत्री (महिला एथलेटिक फिजिक), सगेन्द्र सिंह (पुरुष बडीबिल्डिङ-७५ केजी), दीपजंग रोका मगर (पुरुष बडीबिल्डिङ-८० केजी), सागर श्रेष्ठ (पुरुष बडीबिल्डिङ-८५ केजी), आकाश श्रेष्ठ (मेन्स स्पोर्ट्स फिजिक-१७० से.मि.भन्दा कम) र पुकार श्रेष्ठ (मेन्स स्पोर्ट्स फिजिक-१७५ से.मि.भन्दा माथि) रहेका छन् ।

टोलीको नेतृत्व नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघका सचिव तथा प्राविधिक निर्देशक दिनेश कुमार राजभण्डारीले गर्नेछन् भने अन्तर्राष्ट्रिय निर्णायकका रूपमा जोन्सन जोन्छेन सहभागी हुनेछन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई विशेष कार्यक्रमबीच ट्र्याकसुट वितरण गर्दै औपचारिक बिदाइ गरिएको छ । कार्यक्रममा महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शनमार्फत नेपालको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा नयाँबजार डिभाइन फिजिकल फिटनेसका तर्फबाट दिनेश कुमार राजभण्डारीले सम्पूर्ण खेलाडीलाई प्रतियोगिताका लागि टी-शर्ट वितरण गरेका थिए ।

दक्षिण एसियाली स्तरको प्रतिष्ठित प्रतियोगितामा सहभागी नेपाली टोलीबाट यसपटक पदकसहित उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ । महासंघले खेलाडीहरूले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : ३८ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको