१३ भदौ २०८३, शनिबार | August 29, 2026

वामपन्थी एकताको समय आएको छ : झलनाथ खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी शक्तिहरूबीचको एकता समयको आवश्यकता भएको बताएका छन् ।

आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतदेखि नै वामपन्थी एकताको आवश्यकता रहे पनि विभिन्न कारणले त्यो सम्भव हुन नसकेको बताए ।

“वामपन्थी एकता आज मात्रै होइन, धेरै अघिदेखिको आवश्यकता हो । तर बीचमा कहिले ‘सिङ’ पलायो, कहिले ‘जुरो’ पलायो, कहिले अन्य कारणले हामी एकताबद्ध हुन सकेनौँ,” उनले भने ।

खनालले अहिले फेरि वामपन्थी शक्तिहरू एकताबद्ध हुने अनुकूल वातावरण बनेको उल्लेख गर्दै विचारको स्तरबाट सुरु भएको सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्नुपर्ने धारणा राखे ।

उनले कार्यक्रममा उपस्थित नेताहरूलाई ‘वामपन्थी एकता जिन्दाबाद’को नारा लगाउन समेत आग्रह गर्दै अब एकताको अभियानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : २४ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको