२१ भदौ २०८३, आइतबार | September 6, 2026

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध



काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै समाप्त भएको छ। रोमाञ्चक प्रतिस्पर्धापछि पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

सुटआउटमा दुवै टोलीका दुई–दुई खेलाडीले पेनाल्टी गोलमा परिणत गर्न सकेनन्। जर्मनीका काई हार्भेज र निक वेटेमेड चुके भने पाराग्वेका फाबियन फलुबेना र एन्टोनियो सानाबिराले पनि अवसर खेर फाले।

दुवै टोलीले पाँच–पाँच प्रहारपछि ३–३ को बराबरी खेलेपछि खेल सडन डेथमा पुगेको थियो। त्यसक्रममा जर्मनीका जोनाथ ताहको प्रहार असफल भएपछि पाराग्वेका जोस क्यानलेले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याए।

यस जितसँगै पाराग्वेले विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ भने उपाधिको दाबेदार मानिएको जर्मनी अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ७ : ४९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका