३१ श्रावण २०८३, आइतबार | August 16, 2026

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले अनुशासन आयोगको प्रमुखमा उच्च अदालतका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनित गरेको छ ।

पार्टीका केन्द्रीय सहमहामन्त्री हरि ढकालका अनुसार कास्की निवासी पौडेललाई अनुशासन आयोगको नेतृत्व दिने प्रस्ताव सभापति रवि लामिछानेले बैठकमा प्रस्तुत गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

बैठकले निर्वाचन आयोग र लेखा आयोगमा भने साविककै पदाधिकारीलाई निरन्तरता दिने निर्णय गरेको छ । यससँगै पार्टीका आन्तरिक संरचनाहरूलाई निरन्तरता दिँदै संगठनलाई थप व्यवस्थित बनाउने प्रक्रिया अघि बढाइएको छ ।

प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठकले विभिन्न संगठनात्मक संरचनालाई पूर्णता दिने क्रममा उक्त निर्णय गरेको र आगामी दिनमा पार्टीलाई संस्थागत रूपमा अझ सुदृढ बनाउने दिशामा काम गर्ने जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ३ : ३२ बजे

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।