१३ भदौ २०८३, शनिबार | August 29, 2026

पत्रकार खेम भण्डारी पक्राउ



काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ कटान क्षेत्रबाट बिहीबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको जनाएको छ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले २०८२ जेठ १ गते भण्डारीलाई गाली बेइज्जतीको कसुरमा एक महिनाको कैद सजाय सुनाएको थियो । अदालतले उनलाई १० हजार रुपैयाँ जरिबाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नसमेत आदेश दिएको थियो ।

निर्मला पन्त हत्या प्रकरणमा आफूलाई तथ्यहीन रूपमा जोडेर समाचार प्रकाशन गरेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टका छोरा किरण विष्टले भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए । दिल्लीराज विष्ट हाल प्रहरी सेवाबाट अवकाश प्राप्त गरिसकेका छन् ।

२०७५ साउन १० गते साथीको घर गएकी किशोरी निर्मला पन्तको शव भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो । बहुचर्चित उक्त घटनाको वास्तविक दोषी अझै पहिचान हुन नसकेको र प्रकरण हालसम्म टुङ्गोमा पुग्न सकेको छैन ।

पक्राउ परेका पत्रकार भण्डारीलाई थप कानुनी प्रक्रियाका लागि बिहीबार नै जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ११ : ५८ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)