१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार



बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड कन्सल्टेन्सीले बुटवलमा आफ्नो शाखा विस्तार गरेको छ । शाखा उद्घाटनसँगै कम्पनीले नेपाली राष्ट्रिय क्रिकेटर तिलकराज भण्डारी र आदिल खाँलाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा युनिगाइड कन्सल्टेन्सीका कार्यकारी प्रमुख गणेश दाहालले दुवै राष्ट्रिय क्रिकेटरसँग ब्रान्ड एम्बेसडर सम्झौता गरेका हुन् । सम्झौता एक वर्षका लागि गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख दाहालले अष्ट्रेलिया, न्युजिल्यान्ड, बेलायतलगायतका देशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सही सूचना र सम्पूर्ण प्रक्रिया सहज बनाउँदै आएको बताए । उनले विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।

दाहालले युनिगाइडले आगामी पाँच वर्षका लागि रणनीतिक योजना तयार गरेको जानकारी दिँदै विदेश अध्ययनपछि दक्ष जनशक्तिलाई नेपाल फर्काएर देशमै योगदान गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइने बताए । विदेशमा अध्ययन गरेर हासिल गरेको ज्ञान, सीप र अनुभवलाई स्वदेशको विकासमा उपयोग गर्ने वातावरण सिर्जना गर्न कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रममा युनिगाइडका प्रबन्ध निर्देशक (एमडी) ऋषि खनालले बुटवल शाखा विस्तारसँगै लुम्बिनी प्रदेशका विद्यार्थीलाई गुणस्तरीय परामर्श सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउन सहज हुने बताए । उनले पारदर्शी र विश्वसनीय सेवा नै युनिगाइडको पहिचान भएको उल्लेख गरे ।

नवनियुक्त ब्रान्ड एम्बेसडर तिलकराज भण्डारी र आदिल खाँले विद्यार्थीलाई सही शैक्षिक परामर्श उपलब्ध गराउने संस्थासँग आबद्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै युनिगाइडमार्फत धेरै विद्यार्थीले आफ्नो शैक्षिक लक्ष्य पूरा गर्न सफल हुने विश्वास व्यक्त गरे ।

बेलायतमा मुख्य कार्यालय रहेको युनिगाइडले दुई वर्षअघि काठमाडौंमा शाखा स्थापना गरेको थियो । कम्पनीका अनुसार हालसम्म करिब एक सय विद्यार्थीलाई विभिन्न देशमा उच्च शिक्षाका लागि पठाइसकेको छ भने बुटवल शाखा विस्तारसँगै लुम्बिनी प्रदेशका विद्यार्थीलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ९ : ०८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित