८ भदौ २०८३, सोमबार | August 24, 2026

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन



विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आज साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचना हटाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन् ।

विभिन्न सङ्घसंस्थाले अस्पतालको जग्गा वर्षौंदेखि कब्जा गरी व्यावसायिक प्रयोजनमा लगाएको पाइएपछि गृहमन्त्री गुरुङ आफैँ टोली लिएर अस्पताल परिसरको वस्तुस्थिति बुझ्न पुगेका थिए । अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन दिएको १५ दिने म्याद सकिएको दुई दिनपछि गृहमन्त्री र स्वास्थ्यमन्त्रीको टोलीले आकस्मिक निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कानुनको बर्खिलाप हुने गरी सार्वजनिक जग्गा ओगट्ने जो कोहीलाई पनि नछाडिने बताए । अस्पतालको स्वामित्वमा रहेको जग्गा खाली गराउने अभियानमा गृह मन्त्रालयले स्थानीय प्रशासन र सुरक्षा निकायलाई पूर्ण रूपमा परिचालन गर्ने उनको भनाइ थियो ।

स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालले दिएको समयसीमा सकिँदा पनि संरचना खाली नहुनु दुःखद् भएको भन्दै अबको एक हप्ताभित्र यो ठाउँ खाली गराइने प्रतिबद्धता जनाइन् ।

कोशी अस्पतालका नाममा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाई भाडामा लगाएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्द्रभाल झाले अस्पतालको जग्गा फिर्ता हुने प्रक्रियाले गति लिनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ९ : ५७ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘सिए टिएस’ प्रमाणीकरण

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको

आफुलाई ‘हिन्दुविरोधी’ देखाउने प्रयासप्रति बाबुराम भट्टराईको गम्भीर आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या-पूजा’

काभ्रेपलाञ्चोक । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ