२४ भदौ २०८३, बुधबार | September 10, 2026

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो



काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ९०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले कमी आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार २०० रुपैयाँ कायम रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ५८५ रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्यमा आउने उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक गतिविधिको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष देखिने गरेको छ। यही कारण दैनिक रूपमा सुन तथा चाँदीको मूल्यमा परिवर्तन हुने गरेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : १७ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको