१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो



काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ९०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले कमी आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार २०० रुपैयाँ कायम रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ५८५ रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्यमा आउने उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक गतिविधिको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष देखिने गरेको छ। यही कारण दैनिक रूपमा सुन तथा चाँदीको मूल्यमा परिवर्तन हुने गरेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : १७ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै