३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण



बाँके । नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु पुनर्निर्माण गरिएको छ । दोस्रो जनआन्दोलन २०६२/६३ देखि गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताको सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो ।

विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक सालिक पुनर्निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।

उनका अनुसार, बीस वर्ष अघि दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा तोडफोड गरिएको धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रदेखि जेनजी आन्दोलनका क्रममा तोडफोड भएका गणेशमान, बिपी, पुष्पलाल र सहिद सेतु विकको सालिकहरु पुनर्निर्माण गरी चोकचोकमा राखिएको छ ।

सालिकसँगै चोकहरुको फाउण्डेशन पुनर्निर्माण गरिएका कारण अहिले नेपालगञ्जका चोकहरु आकर्षक देखिँदै गएको नगरप्रमुख विष्टले बताए । केही दिनभित्रै सालिकहरुको शुभारम्भ गरिने उनको भनाइ छ ।

२०६२/०६३ को जनआन्दोलनको बेला तोडफोड भएको धम्बोझीचोकस्थित वीरेन्द्रको सालिक बीस वर्षपछि पुनःस्थापना भएको छ । राप्रपाका नेता तेजविक्रम शाहले बीस वर्षपछि सालिक पुनःस्थापना हुँदा धेरै खुसी लागेको बताए ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ७ : ५१ बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम