९ भदौ २०८३, मंगलबार | August 26, 2026

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC



काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (BPC) ले विश्वका प्रतिष्ठित तथा ऐतिहासिक विश्वविद्यालयहरू मध्ये एक युनिभर्सिटी अफ लन्डनको BSc Professional Accountancy कार्यक्रम सञ्चालन गर्न Recognised Teaching Centre (RTC) को मान्यता प्राप्त गरेको छ। यस मान्यता सँगै BPC ले नेपालमा विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षामा पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

यो कार्यक्रम विशेष रूपमा Association of Chartered Certified Accountants (ACCA) का विद्यार्थी, Affiliate तथा Member हरूका लागि तयार गरिएको हो।  यस कार्यक्रम मार्फत विद्यार्थीहरूलेACCA अध्ययनलाई निरन्तरता दिँदै युनिभर्सिटी अफ लन्डनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्नातक उपाधि हासिल गर्न सक्नेछन्।

यसरी विद्यार्थीहरूले एकैसाथ विश्वभर सम्मानित दुई शैक्षिक तथा व्यावसायिक संस्थासँग आफ्नो शैक्षिक यात्रा जोड्ने अवसर प्राप्त गर्नेछन्। कार्यक्रमको अर्को विशेषता भनेको ACCA अन्तर्गत पहिले नै उत्तीर्ण गरिएका केही विषयहरूको मान्यता प्राप्त
हुने व्यवस्था हो।

यसका कारण विद्यार्थीहरूले BSc Professional Accountancy कार्यक्रम करिब १२ महिनामै पूरा गर्न सक्नेछन्। किफायती शुल्क, लचिलो अध्ययन व्यवस्था तथा करियरलाई निरन्तरता दिँदै अध्ययन गर्न सकिने सुविधाले यस कार्यक्रमलाई अझ आकर्षक बनाएको छ। अब विद्यार्थीहरूले नेपालमै बसेर युनिभर्सिटी अफ लन्डनको प्रतिष्ठित स्नातक उपाधि हासिल गर्न सक्नेछन्।

विद्यार्थीहरूले BPC मा प्रत्यक्ष कक्षा मार्फत अध्ययन गर्न सक्नेछन् भने स्वतन्त्र रूपमा अनलाइन अध्ययन गर्ने
विकल्प पनि उपलब्ध हुनेछ। कार्यक्रममा Financial Management (३० क्रेडिट), Performance Management (३० क्रेडिट) तथा
Project Module (६० क्रेडिट) समावेश छन्। यी विषयहरूले विद्यार्थीहरूलाई वित्तीय निर्णय प्रक्रिया, कार्यसम्पादन मूल्याङ्कन तथा अनुसन्धानमा आधारित विश्लेषणात्मक सीप विकास गर्न सहयोग गर्नेछन्। यस कार्यक्रमको महत्वपूर्ण पक्ष भनेको Financial Management र Performance Management मोड्युल सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीहरूले ACCA का सम्बन्धित परीक्षामा अतिरिक्त शुल्कबिनै छुट (Exemption) प्राप्त गर्ने व्यवस्था हो। यसले विद्यार्थीहरूलाई १८० भन्दा बढी देशमा फैलिएको विश्वव्यापी व्यावसायिक लेखा संस्थातर्फको यात्रामा थप सहजता प्रदान गर्नेछ। हाल ACCA का विश्वभर २,५२,५०० भन्दा बढी सदस्य तथा ५,२६,००० भन्दा बढी भावी सदस्य रहेका छन्।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले AI Study Assistant को सुविधा पनि प्राप्त गर्नेछन्। २४ घण्टा उपलब्ध रहने यस AI आधारित अध्ययन सहयोगीले विद्यार्थीहरूलाई विषयवस्तु बुझ्न, आफ्नो ज्ञान परीक्षण गर्न तथा अध्ययन योजना व्यवस्थापन गर्न सहयोग पुर्‍याउनेछ। युनिभर्सिटी अफ लन्डनका कार्यक्रमहरू मध्ये AI आधारित अध्ययन सहयोगलाई कार्यक्रम भर समावेश गरिएको यो पहिलो डिग्री कार्यक्रम हो।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ३ : ४३ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त