१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सिद्धार्थ बैंकको ४२ हजार बढी संस्थापक सेयर बिक्री खुला, संस्थापकलाई पहिलो प्राथमिकता



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले ४२ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै आजदेखि उक्त सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो।

बैंकका अनुसार बिक्रीमा राखिएको संस्थापक सेयर खरिद गर्न हालका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ। इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी लिखित निवेदन पेश गर्नुपर्नेछ।

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन प्राप्त नभएमा बाँकी सेयर अन्य व्यक्ति तथा संघ–संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।

संस्थापक सेयरको स्वामित्व हस्तान्तरणसम्बन्धी प्रचलित व्यवस्थाअनुसार बैंकले प्रारम्भिक चरणमा हालका संस्थापक सेयरधनीलाई नै खरिदको अवसर प्रदान गरेको हो।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १० : १९ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न