२४ असार २०८३, बुधबार | July 8, 2026

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’



नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै आफ्ना नयाँ उत्पादनहरुको नेपालगन्जमा ‘लञ्च’ गरेको छ । कम्पनीको नयाँ ‘एसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ उत्पादन भई बजारमा पठाइएका घरेलु उपकरण नेपालगन्जमा औपचारिक कार्यक्रम बीच सार्वजनिक गरिएको हो ।

कम्पनीले आफ्नो नेपालस्थित आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ उत्पादन श्रृंखलाको औपचारिक अनावरण गरेको हो। इस अघि काठमाडौं सहित हेटौडा, चितवन, बुटवल र काठमाडौंमा एलजीका नयाँ उत्पादनहरुको लञ्च भइसकेको कम्पनीले जनाएको छ ।

‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियान अन्तर्गत सार्वजनिक गरिएको एसेन्सियल सिरिजमा डबलडोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा तथा रुमएयर कन्डिसनर यन्त्र रहेका छन् । उक्त सामाग्रीहरूको संयुक्त रूपमा सिजी ईलेक्ट्रोनिक्सका जनरल म्यानेजर गौरव हमाल, कर्णाली तथा लुम्बिनी प्रदेशका शेल्स प्रबन्धक किरण शर्मा, नेपालगन्जका आधिकारिक बिक्रेता टिभि हाउसका शैयद जहाँगिर खाँ लगायतले सार्वजनिक गरेका थिए।

कम्पनीका जनरल म्यानेजर हमालले डबलडोर रेफ्रिजेरेटर स्मार्ट मोड तथा अघिल्ला मोडेलभन्दा ठूलो तरकारी भण्डारण क्षमता रहेको जानकारी दिए। उनले फुल्ली अटोमेटिक टप लोड वासिङ मेसिन प्रोसिल्ड मोटर, पानी प्रतिरोधी नियन्त्रण प्यानल तथा कम पानीको चापमा पनि प्रभावकारी रूपमा कपडा धुने प्रविधि जडान गरिएको बताए । त्यसैगरी, ऊर्जा बचत गर्ने प्रविधियुक्त रुम एयर कन्डिसनरमा वातावरणमैत्री आर-३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको तथा परम्परागत प्रणालीको तुलनामा कम विद्युत् खपत हुने उनले जानकारी दिए ।

कम्पनीका अनुसार, एसेन्सियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु भएको हो ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक हो। कम्पनीले चार दशकभन्दा लामो समयदेखि एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरसँग सहकार्य गर्दै नेपालमा एलजीलाई अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्दै आएको दाबी गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १२ : ४३ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै