१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै



काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र बैंकले पुनः १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बुधबार बैंक तथा वित्तीय संस्थाबाट रकम तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल (अक्सन) सञ्चालन हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन्।

निक्षेप संकलन ब्याजदरमा आधारित बोलकबोल प्रणालीबाट हुनेछ भने बहुब्याजदरमा समेत प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त बोलकबोलमा भाग लिन पाउनेछन्।

राष्ट्र बैंकले यो ९१ दिने निक्षेप संकलन उपकरणको साँवा र ब्याज आगामी असोज २८ गते भुक्तानी गरिने जनाएको छ।

पछिल्ला महिनामा कर्जा विस्तार सुस्त रहेकाले बैंकिङ प्रणालीमा नगद अधिक रहेको छ। सोही कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशतकै हाराहारीमा ब्याजदर स्वीकार गर्दै अतिरिक्त रकम राष्ट्र बैंकमा राख्न बाध्य भइरहेका छन्। यस्तो अवस्थालाई सन्तुलनमा राख्न केन्द्रीय बैंकले नियमित रूपमा तरलता प्रशोचन ९ीष्त्रगष्मष्तथ ब्दकयचउतष्यल० को नीति अवलम्बन गर्दै आएको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १२ : १० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी : १ हजार २ सय ८० जनाको शव फेला, उपचाररत २ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक

डुम्रे-बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव