२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही



काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर छ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारवाही गरिएको जनाएको हो ।

राष्ट्र बैंकले फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव १२ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ ९क० बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरेको जनाएको छ ।

राष्ट्र बैंकले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव ३८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ ९क० बमोजिमको शीघ्र सुधारात्मक कारवाही गरेको जनाएको छ ।

त्यसैगरी, मातृभुमि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात चार दशमलव ०८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ ९ख० बमोजिमकोशिघ्र सुधारात्मक कारवाही गरेको हो ।

राष्ट्र बैंकले एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव ३९ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्डबमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ ९क० बमोजिमकोशिघ्र सुधारात्मक कारवाही गरेको हो ।

राष्ट्र बैंकले वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ चैत महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि रु ५८ दशमलव ३८ पैसा नगद जरिवाना लगाएको छ ।

त्यसैगरी राष्ट्र बैंकले सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ चैत, २०८३ को वैशाख, जेठ र असार महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः रु ७१३ दशमलव ८८, रु १,०६७ दशमलव ४०, रु १,४१२ दशमलव ९१ र रु १,४१० दशमलव ७८ नगद जरिवाना गरिएको जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १२ : ५० बजे

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक

ट्र्याक्टरले ठक्कर दिँदा नवलपुरमा प्रहरी जवानको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले

हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नको जवाफ देऊ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गिरफ्तारीको हल्ला चलाएर

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक प्रिमियम बेकरी सञ्चालन

बुटवल । नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि