२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह



काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ‘राइट टु डेभलपमेन्ट एट ४०ः क्याटालाइजिङ ग्लोबल पार्टनरसिप्स फर इन्क्लुसिभ एन्ड सस्टेनेबल डेभलपमेन्ट’ विषयमा आज आयोजित कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेका हुन्।

न्यूयोर्कस्थितसंयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार उनले दिगो विकास केवल नीतिगत उद्देश्य मात्र नभई आधारभूत मानवअधिकार भएको बताए

राजदूत थापाले दिगो विकास लक्ष्य (एसडिजी) अन्तर्गतका लक्ष्यमध्ये हाल केवल १८ प्रतिशत लक्ष्य मात्र सही मार्गमा रहेको र सन् २०३० को कार्यसूची पूरा गर्न अब चार वर्ष मात्र बाँकी रहेकाले विश्व समुदायले आफ्ना प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

उनले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूलप्रवाहीकरण गरिनुपर्ने, विकास प्रक्रियामा सबैको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने तथा जवाफदेहितालाई थप सुदृढ बनाइनुपर्ने आवश्यकता औँल्याए।

राजदूत थापाले विशेषगरी अतिकम विकसित मुलुक (एलडिसी), भूपरिवेष्टित विकासशील मुलुक (एलएलडिसी) तथा साना द्वीपीय विकासशील राष्ट्र (सिड्स) लाई अनुदान वा सहयोगका प्राप्तकर्ता मात्र नभई अन्तरराष्ट्रिय समुदायले प्रत्याभूत गरेको अधिकारका वास्तविक हकदारका रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिएको उक्त नियोगले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ९ : ४६ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु