२२ भदौ २०८३, सोमबार | September 8, 2026

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

५ देखी ६० वर्षसम्मका राईडर सहभागी



बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको कोरा साईकल र्याली देविनगर, बुद्धनगर हुदै नयागाउ स्वामीनारायण मुक्तिनाथ धाम परिक्रमा गर्दै राजमार्थ चौराहा पुगेर समापन भएको थियो ।

नयाँगाउ स्थित स्वामीनारायण मुक्तिनाथ धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराज समेतले केहिबेर साइकल चलाएर सहभागिता जनाएको बुटवल कोरा २०२६ मा ५ वर्षका दुई बालकदेखी ६० वर्षसम्मको दुई दर्जन साईकल राईडरहरु सहभागी भएका थिए ।

मणिमुकुन्द कलेज परिसरबाट बिहान ६ बजे शुरु भएको स्वामीनारायण मुक्तिनाथ धाममा पुग्दा धामका पिठाधिश स्वामी लोकानन्द महाराजले विशेष स्वागत गरेका थिए । धाममा श्रावण महिनाभरि चलिरहेको अखण्ड रुद्राभिषेकको साथमा सवाकरोड शिवनाम जप यज्ञमा समेत साईकल राईडरहरु सहभागी भए ।

श्री शिशुज्ञानकुन्जमा एलकेजीमा अध्ययरत श्रीनव अर्याल र क्रिस आङ्देम्बेले पुरै साईकल यात्राको दूरी साइकल चलाएर पार गरेका थिए । धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजबाट राइडरहरुले आर्शिबाद ग्रहण गरे । सो र्याली मैनाबगर, गणेशमन्दिर, गोलपार्क, सैनिक आवासिय महाविद्यालय बुटवल हुदै राजमार्ग चौराहामा आएर समापन भएको थियो ।

कार्यक्रममा मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले छोटो तर धेरै उत्तम साईकल यात्रा भएको बताए । बुटवलमा रहेको धार्मिक क्षेत्र र नया रुटसहित यात्रा गर्दा धेरै रमाईलो भएको उनले सुनाए ।

विश्वभर नै कोरा हुने क्रममा बुटवलमा पनि प्रत्येक वर्ष विभिन्न क्लबहरुको संयोजनमा हुदै आएको कोरा २०२६ का संयोजक दिपक कार्कीले बताए । नयाँ र युवाहरुलाई सहभागी हुने गरि कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।

क्लबको नियमित वार्षिक कार्यतालिका अनुसार नै यसवर्ष पनि कोरा गरिएको क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए । कोराको मुलमर्म अनुसार धार्मिक पर्यटकिय स्थलहरुको परिक्रमासंगै सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १२ : ३६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार