२१ भदौ २०८३, आइतबार | September 6, 2026

एमबाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, २२ गोलको नयाँ कीर्तिमान



काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्ने नयाँ कीर्तिमान कायम गरेका छन् । शनिबार राति इङ्गल्यान्डविरुद्ध भएको तेस्रो स्थानको खेलमा दुई गोल गर्दै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।

मियामीमा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्स ६-४ ले पराजित भए पनि एमबाप्पे व्यक्तिगत रूपमा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सफल भए । पराजयसँगै फ्रान्स चौथो स्थानमा सीमित रहँदा इङ्गल्यान्डले तेस्रो स्थानसहित कांस्य पदक जित्यो ।

पहिलो हाफमा ४-० ले पछि परेको फ्रान्सका लागि एमबाप्पेले दोस्रो हाफको ४८ औँ मिनेटमा गोल गर्दै टोलीको पुनरागमनको संकेत दिएका थिए । त्यसपछि ५४ औँ मिनेटमा ब्राड्ली बार्कोलाले अर्को गोल थपे ।

खेलको ६६ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै विश्वकप इतिहासमा २२ गोल पूरा गरेका हुन् । जारी विश्वकपमा उनको यो १० औँ गोल पनि हो ।

यो उपलब्धिसँगै एमबाप्पे गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थानमा पुगेका छन् । उपाधिका लागि सोमबार बिहान हुने फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसँग उनको प्रतिस्पर्धा रहनेछ । मेसीका लागि स्पेनविरुद्धको फाइनल एमबाप्पेलाई उछिन्ने अन्तिम अवसर हुनेछ ।

फ्रान्सका लागि ओसमाने डेम्बेलेले पनि एक गोल थपे । इङ्गल्यान्डका तर्फबाट बुकायो साकाले शानदार ह्याट्रिक पूरा गर्दा जुड बेलिङ्घमले खेलको अन्त्यतिर अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

बेलिङ्घमले जारी विश्वकपमा सात गोल पुर्‍याउँदै एउटै विश्वकप संस्करणमा इङ्गल्यान्डका लागि सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमानसमेत कायम गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ७ : ५६ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा