३ श्रावण २०८३, आइतबार | July 19, 2026

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त



नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले हुलाकी राजमार्गलाई नै बसपार्क बनाएका छन् । नेपालगन्ज गुलरिया सडक अन्तर्गत हुलाकी राजमार्गको खजुरारोडमा मुख्य राजमार्गमा नै बसपार्क बनाइएको हो ।

नेपालगन्जमा सुबिधासम्पन्न बसपार्क संचालनमा रहेपनि त्यहाँबाट निकै कम संख्यामा यातायात संचालन हुने गरेका छन् । मुख्य राजमार्गलाई नै बसपार्क बनाइएपछि खजुरारोड भएर यात्रा गर्ने यात्रुहरुले दिनदिनै हैरानी ब्यहोर्न बाध्य बनेका छन् । पश्चिम रुटका साना र मझौला सवारी साधनहरुले बनाएको बसपार्क जिल्ला प्रहरी कार्यालय बाँकेको प्रवेशद्वारसँगै जोडिएको छ ।

हरेकदिन जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वारमा नै ट्राफिक अस्तब्यस्तहुने गरि सडकमा सवारी साधन पार्किङ गर्दापनि त्यस स्थानमा प्रहरी उपस्थिती नदेखिएको स्थानीयले बताएका छन् । समान्यतया स्थानीयतहको कार्यक्षेत्रमा बसपार्क बनाउन स्थानीय पालिकाको स्वीकृती लिन अनिवार्य भएपनि खजुरारोडमा बनाइएको बसपार्कको सम्बन्धमा नेपालगन्ज उपमहानगरपालिका बेखबर रहेको छ ।

नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज बसपार्क बाहेक अन्यत्र कहिँकतै बसपार्क संचालनको स्वीकृती नदिएको बताए । यात्रु चढाउन र झार्नका लागि ५ मिनेट सवारी रोक्नदिने गरि सहमति दिएपनि बसपार्ककै रुपमा संचालन गर्न बसपार्क बाहेक अन्यत्र स्वीकृती नदिएको उनले बताए ।

सवारी पार्किङको स्वीकृति दिने क्षेत्राधिकार स्थानीय तहको भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताए । उनले सडकमा अनाधिकृत पार्किङ गरिए ट्राफिक प्रहरीले कारवाही गर्ने गरेपनि निजि कम्पनीहरुले निजी जग्गामा पार्किङ गरिएको सम्बन्धमा केही गर्न नसकिने बताए । अनाधिकृत बसपार्कको स्थानीयतहबाटै अनुगमन हुनुपर्ने उनको भनाई छ ।

अनाधिकृत राजमार्गमा नै बसपार्क बनाइएकै क्षेत्रबाट जिल्ला प्रहरी कार्यालयको सवारी साधन दर्जनौ पटक ओहरदोहर गरेपनि राजमार्गमा छरप्रस्ट अनाधिकृत सवारी उठाउने नाममा पार्किङ गरिएको यातायातको साधन व्यवस्थापनमा भने प्रहरीले चासो देखाएको छैन ।
फोटो : श्रीराम सिग्देल

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ९ : ३४ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब