२४ भदौ २०८३, बुधबार | September 9, 2026

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र



कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न जंगल गएपछि सम्पर्कविहीन भएका छन्। उनीहरू आइतबार बिहान करिब ११ बजेतिर च्याउ संकलनका लागि जंगल प्रवेश गरेका थिए।

स्थानीयका अनुसार महिलाहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत मालुमेला पोस्टबाट निकुञ्जभित्र प्रवेश गरेका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले आफैं खोजी सुरु गरेका थिए। लामो समयसम्म सम्पर्क हुन नसकेपछि प्रहरीलाई जानकारी गराइएको हो।

सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजी कार्य तीव्र पारिएको छ। खोजी अभियानमा नेपाल प्रहरीसँगै नेपाली सेना पनि परिचालित भएको उनले जानकारी दिए।

प्रहरीका अनुसार सम्पर्कविहीन महिलाले मोबाइल फोन साथमा नलगेका कारण उनीहरूसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। समाचार तयार पार्दासम्म उनीहरूको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।

प्रहरीले खोजी कार्य निरन्तर जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १० : १९ बजे

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका