१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन



काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकमा उनले नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्रअन्तर्गत पहिलो किस्ताको सुरुवात भएको बताए । उनले विगतमा भएका पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिए ।

तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्नुपर्नेमा अर्थमन्त्री डा वाग्लेले जोड दिए । “गएको आर्थिक वर्ष पूँजीगत खर्च करिब ४९ प्रतिशत हाराहारी मात्र रह्यो । राजस्व पनि रु साढे १२ खर्ब हाराहारीभन्दा बढी सङ्कलन भएन”, उनले भने, “चालु नयाँ बजेटमा यो नतिजा स्वीकार्य हुँदैन । कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च हुनुपर्छ । करिब रु १६ खर्बको राजस्व सङ्कलन लक्ष्य पूरा हुनुपर्छ ।”

बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी र व्यावहारिक कठिनाइ निर्धक्कसँग अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढाउन अर्थमन्त्री वाग्लेले सचिवहरूलाई आग्रह गरे । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरिएको बताउँदै उनले त्यसको सदुपयोग गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १० : ०२ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा