१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितका पदाधिकारी सहभागी हुन्छन् ।

त्यस अवसरमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सृजना र उद्योग क्षेत्रको विकासका विषयमा केन्द्रित भई छलफल हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन् । त्यस अवसरमा उनीहरूले आफूहरूले भोगिरहेका समस्या, समाधानका उपाय तथा नीतिगत सुधारका विषयमा सुझाव प्रस्तुत गरेका छन्।

छलफलपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका कतिपय विषयवस्तु र समस्या समाधानका लागि तत्काल पहल गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ११ : ०७ बजे

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।