२४ भदौ २०८३, बुधबार | September 9, 2026

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित



काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन् । सडक विभागले अवरुद्ध भएका सडकखण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ ।

विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको जानकारी दिए । उनले यात्रुहरूलाई यात्राअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरे ।

नेपाल प्रहरीका अनुसार ललितपुरस्थित कान्तिलोकपथ, इलामको मेची राजमार्ग, खोटाङको दिक्तेल-भोजपुर सडकखण्ड, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जुरिखोला (तातोपानी जाने बाटो) तथा भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।

यस्तै भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङल्हामु सडकखण्ड एकतर्फी सञ्चालनमा रहेका छन् । काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी आवागमन रोकिएको छ । उक्त सडकमा बिहान ४ः०० देखि साँझ ६ः०० बजेसम्म भने अवस्थाअनुसार सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, मकवानपुरस्थित कान्तिलोकपथमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ ।

सडक विभागले मनसुन अवधिभर जोखिमयुक्त सडकमा निरन्तर निगरानी गरिरहेको र अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १२ : ०८ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै