२३ भदौ २०८३, मंगलबार | September 8, 2026

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी



काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट अहिलेसम्मकै उच्च आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बङ्गलादेशमा विद्युत् निर्यातबाट एक वर्षमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ६८ प्रतिशत बढी हो।

समीक्षा अवधिमा नेपालले कुल ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ। अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ। भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) अन्तर्गतका विभिन्न बजार तथा बङ्गलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत प्रतियुनिट ७ रुपैयाँ ५६ पैसामा विद्युत् बिक्री गरिएको थियो।

निर्यात बढेसँगै विद्युत् आयातमा भने उल्लेख्य कमी आएको छ। आर्थिक वर्षभर १ अर्ब १४ करोड ९८ लाख युनिट मात्रै विद्युत् आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो। आयातमा भएको खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ।

विद्युत् निर्यातबाट प्राप्त आम्दानीबाट आयात खर्च कटाउँदा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँको तुलनामा यो बचत ३१३ प्रतिशतले बढेको हो। प्राधिकरणले उत्पादन वृद्धि, अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार र क्षेत्रीय विद्युत् बजारमा पहुँच विस्तारका कारण यस्तो उपलब्धि हासिल भएको जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १० : १८ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा