८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार



रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति कालो मसी प्रहार गरिएको छ।

गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा उनीमाथि उक्त घटना भएको हो।

बिहीबार राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा कार्यक्रमस्थलबाट बाहिरिने क्रममा पछाडिबाट आएका एक व्यक्तिले आत्मीयता देखाउँदै अँगालो हाल्ने बहानामा सांसद पौडेलमाथि कालो मसी प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

स्थानीयका अनुसार घटनास्थलमा रहेका केही व्यक्तिको हातमा रातो झण्डा र पर्चा देखिएको थियो। उनीहरूले आफूहरू ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको संकेत दिएको दाबी गरिएको छ। यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।

घटनालगत्तै सांसदका सहयोगी र स्थानीय बासिन्दाले संलग्न व्यक्तिहरूलाई पछ्याउने प्रयास गरेका थिए। तर अँध्यारोको फाइदा उठाउँदै उनीहरू घटनास्थलबाट भाग्न सफल भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ  प्रहरीको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले सांसद पौडेलमाथि कालोमोसो नदलिएको, पछाडिबाट अपरिचित व्यक्तिले कालो मसी प्रहार गरेर फरार भएको बताएका छन्।

एसपी रिजालका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १२ : ०७ बजे

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को