१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र



काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रचलित कूटनीतिक अभ्यास बमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अनुरोधका आधारमा सभापति रवि लामिछानेको चीन भ्रमणको सहजीकरण गर्न परराष्ट्र मन्त्रालय तयार रहेको उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले कूटनीतिक आधारमा सबै भ्रमणहरू सम्पन्न हुने बताए ।

“राजनीतिक दलहरूबीच हुने भ्रमण वा आदानप्रदान सम्बन्धित दलहरूको विषय हो । त्यस्तो भ्रमणका लागि परराष्ट्र मन्त्रालयको समन्वय वा कूटनीतिक सहजीकरण आवश्यक पर्ने अवस्था आएमा सम्बन्धित राजनीतिक दलको अनुरोधका आधारमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ”, उनले भने ।

एक प्रश्नको जवाफमा उनले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार वेनको भारत भ्रमणबारे मन्त्रालय अनभिज्ञ रहेको बताए ।

उनले सांस्कृतिक कूटनीति हरेक देशको कूटनीतिक अभ्यासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी र सुदृढ बनाउने नीति सरकारले लिएको जानकारी समेत दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : २३ बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम