९ श्रावण २०८३, शनिबार | July 25, 2026

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो



धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।

बिहीबारदेखि विभिन्न पाँचबुँदे माग राख्दै धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा। केसीको शनिबार बिहान स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनको रक्तचाप ११०र९० र रगतमा सुगरको मात्रा ५० मापन भएको चिकित्सकहरूले बताएका छन्। रगतमा सुगरको मात्रा अत्यन्त न्यून भएपछि स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको निष्कर्ष निकाल्दै चिकित्सकहरूले तत्काल अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गर्न सिफारिस गरेका थिए।

सोही सिफारिसअनुसार डा. केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको हो। अस्पतालमा उनको आईसीयूमा राखेर उपचार गर्ने तयारी गरिएको छ।

डा. केसीका सहयोगी अमृत जैशीका अनुसार लामो अनशनका कारण उनको स्वास्थ्य निरन्तर कमजोर बन्दै गएको छ। मांसपेशी बाउडिने, बोल्नसमेत असहज हुने, खुट्टाको पुरानो शल्यक्रियाका कारण हिँडडुल गर्न कठिन हुने तथा शौचालय जानसमेत समस्या भइरहेको उनले बताए।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचबुँदे माग राख्दै बिहीबारदेखि सत्याग्रह सुरु गरेका हुन्।

केसी अनसन बसेको स्थानमा उनको विरुद्ध आजै नारावाजी समेत भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १२ : ११ बजे

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका बिभिन्न चौकहरुमा एकैदिनमा ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने राणा नक्कली रिभल्वर सहित पक्राउ

बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम