२४ भदौ २०८३, बुधबार | September 9, 2026

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला



काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।

रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यले हिजै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

निजको खोजी गर्दै जाँदा आज कारको पछाडिको सिटमा जलेको अवस्थामा निजको शव फेला परेको उनले जानकारी दिए । कारको भित्री भाग अधिकांश जलेको र निस्सासिएर निजको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ८ : २१ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४