२७ भदौ २०८३, शनिबार | September 12, 2026

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द



काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विराटनगरका केही विद्यालय आज (साउन १२) बन्द गरिएका छन् ।

सुनसरी घटनाको विरोधमा विराटनगरमा समेत प्रदर्शन हुन थालेपछि केही सामुदायिक तथा निजी विद्यालयले पठनपाठन स्थगित गरेका हुन् ।

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन मोरङले औपचारिक निर्णय नभए पनि विद्यालयहरूले स्वतःस्फूर्त रूपमा कक्षा सञ्चालन नगरेको जनाएको छ ।

यता, विराटनगर महानगरपालिकाले भने विद्यालय बन्द गर्ने कुनै आधिकारिक सूचना जारी नगरेको स्पष्ट पारेको छ । महानगरको शिक्षा महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलका अनुसार विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने सूचना पाएपछि केही विद्यालयले आफ्नै निर्णयमा पठनपाठन बन्द गरेका हुन् ।

आइतबार (साउन १०) राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको तनाव नियन्त्रण गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गोली चलाएका थिए । प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : ५१ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल