२९ भदौ २०८३, सोमबार | September 14, 2026

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।

बिहीबार जारी गरेको सार्वजनिक अपिलमा राष्ट्रपति पौडेलले सदियौँदेखि सामाजिक, धार्मिक तथा जातीय सद्भाव र सहअस्तित्व नेपालको मौलिक पहिचान र परम्परा रहेको उल्लेख गर्दै त्यसलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन्।

‘सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा हो। यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था सुनिश्चित गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु,’ अपिलमा उल्लेख छ।

राष्ट्रपति पौडेलले वर्तमान विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति–सुरक्षा र सुव्यवस्था पूर्ववत् कायम गर्न सरकार आवश्यक प्रयासमा लाग्ने विश्वाससमेत व्यक्त गरेका छन्। उनले अहिलेको संवेदनशील अवस्थामा समुदायबीच एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउन राष्ट्रपति पौडेलले सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।

राष्ट्रपतिले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ५ : ०८ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको