६ भदौ २०८३, शनिबार | August 22, 2026

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३ औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकोमा उनीप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन ।

राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहो¥याएका छन ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ७ : ५१ बजे

शङ्खमुलको होस्टलमा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा