१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सय बढी नक्कली उत्पादन बरामद



काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ ।

विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो ।

ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्नेनमिल्नेबारेमा परीक्षण भइरहेको विभागले जनाएको छ ।

उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतिराम सापकोटाले नक्कली उत्पादनको बिक्रीवितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पारे ।

उनका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । बजारमा शङ्कास्पद वा नक्कली उत्पादन देखिएमा जानकारी गराउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १ : ०५ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो