७ आश्विन २०८३, बुधबार | September 23, 2026

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री



काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा नयाँ सरकार गठनको कसरत चलिरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हाम्रो नेपाली पार्टी (हानेपा)लाई सरकारमा सहभागी गराएका छन्।

मुख्यमन्त्री बानियाँले हानेपाका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखसमक्ष संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन प्रस्ताव गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

बज्राचार्यलाई सरकारमा सहभागी गराउन यसअघि भौतिक पूर्वाधार विकासमन्त्री रहेकी बिनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएकी छन्। उनले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएको जनाइएको छ। मुख्यमन्त्री बानियाँकै निर्देशनमा पौडेलको राजीनामापछि बज्राचार्यलाई मन्त्री बनाइएको हो।

मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार हाल अल्पमतमा रहेकाले विश्वासको मत सुरक्षित गर्ने रणनीतिअन्तर्गत हानेपालाई सरकारमा सहभागी गराएका हुन् ।

हानेपा कांग्रेस नेतृत्वको सरकारमा प्रवेश गरेसँगै बागमती प्रदेशको सत्ता समीकरण थप रोचक बनेको छ। एमाले र नेकपाबीच भएको सत्ता साझेदारी सहमतिअनुसार बागमतीमा एमाले नेतृत्वको सरकार गठन गर्ने तयारी भइरहेको छ। त्यसका लागि दुवै दलले आवश्यक बहुमत जुटाउने प्रयास गरिरहेका छन्।

यसअघि राप्रपाले समर्थन नगरेको अवस्थामा हानेपाका दुई सांसदको साथ लिएर सरकार गठन गर्ने विकल्पमा एमाले र नेकपाका नेताहरू छलफलमा थिए। तर हानेपा नै कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएपछि एमालेका लागि नयाँ गठबन्धनको अंकगणित थप जटिल बनेको छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्ने व्यवस्था छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ३ : ०४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई