२३ श्रावण २०८३, शनिबार | August 8, 2026

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ



काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट एक, रूपन्देहीको ओमसतिया गाउँपालिका-१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका-९ उदयपुरबाट एक र नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१७ पिप्रहवाबाट एक जनालाई पक्राउ गरिएको हो ।

यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ चुच्चेखोलाबाट एक जना, पाल्पाको रामपुर नगरपालिका-७ मोवटी शीतलनगरबाट एक, दाङको तुलसीपुर उपमहानगरपालिका-१७ झिगैबाट पाँच, झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट तीन, कन्काई नगरपालिका-४ कोटीहोमबाट एक, धनकुटाको पाख्रीबास नगरपालिका-५ माङमायाबाट दुई तथा बाराको महागढीमाई नगरपालिका-१० गोवास टोलबाट एक जनालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत नियन्त्रित औषधि बरामद भएको छ । उनीहरू शुक्रबार र गत बिहीबार पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ७ : ३९ बजे

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर

माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट