४ कार्तिक २०८३, बुधबार | October 21, 2026

पेस्तोलसहित तीन जना पक्राउ



काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-५ का २३ वर्षीय आषिश पाण्डे, सोही स्थानका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

निजहरूले कृष्णनगर नगरपालिका-८ बहादुरगञ्जमा पेस्तोल देखाई डर, धम्की दिई हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले पेस्तोलसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु६१प ७०७२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद

प्रहरीले आज बिहान धादिङको गङ्गाजमुना गाउँपालिका-७ सुकौराबेँसी तिसमुरेस्थित जङ्गलको ओढारबाट एकनाले भरूवा बन्दुक एक थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

त्यस्तै, प्रहरीले प्युठानको झिमरूक गाउँपालिका-४ छहरापातलस्थित हरिया पातल सामुदायिक वनबाट भरूवा बन्दुक दुई थान र गुल्मीको मदाने गाउँपालिका-२ र ५ बाट भरूवा बन्दुक दुई बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ९ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि