२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु



बोगोटा । पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् ।

कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको उक्त भूकम्प पछिल्लो एक दशकयताकै शक्तिशाली हो । भूकम्पका कारण विभिन्न शहरमा दर्जनौँ भवन भत्किएका छन् । भग्नावशेषमा मानिसहरू फसेको आशंका गरिएको छ भने राजधानी बोगोटासम्मका बासिन्दा घरबाट बाहिर निस्केर खुला स्थानमा पुगेका छन् ।

भूकम्पपछि नवनियुक्त राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । उनले प्रभावित क्षेत्रको निरीक्षण गर्ने बताउँदै विपद्को समयमा नागरिकलाई एक्लो नछाड्ने र पूर्ण क्षमताका साथ उद्धार तथा राहतमा जुट्ने बताएका छन् ।

अमेरिकी भूगर्भ सर्भिसका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको छोको क्षेत्रको सान जोसे डेल पाल्मार नजिक १०७ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पपछि २.८ र ४.८ म्याग्निच्युडका दुई परकम्पसमेत महसुस गरिएको छ । अमेरिकी सुनामी चेतावनी प्रणालीले भने सुनामीको जोखिम नरहेको जनाएको छ ।

भूकम्पका कारण मनिजालेस, क्विब्डो, आर्मेनिया, कार्टागो, बुएनाभेन्चुरा र पेरेरा विमानस्थलका उडान स्थगित गरिएका छन् । कोलम्बियन फुटबल संघले पनि आगामी लिगका खेलहरू स्थगित गरेको छ ।

प्रशान्त महासागरीय तटीय क्षेत्रमा पर्ने छोको कोलम्बियाको गरिब तथा दुर्गम क्षेत्रमध्ये एक हो । अधिकांश ग्रामीण क्षेत्रमा डुङ्गा वा विमानबाट मात्रै पुग्न सकिने भएकाले भूकम्पबाट भएको क्षति र मानवीय हताहतीको पूर्ण विवरण संकलन गर्न उद्धारकर्मीलाई कठिनाइ भइरहेको छ ।

यसैबीच अमेरिका र युरोपेली सङ्घले कोलम्बियालाई आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएका छन् । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन देर लेयनले उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन स्याटेलाइट सेवा ‘कोपरनिकस’ परिचालन गरिएको जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : ४६ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज