२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता



काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डोत्तोलन समारोह आयोजना गरिएको छ।

समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय झण्डा फहराएका थिए। कार्यक्रममा नेपाली मित्रहरू, नेपालस्थित पाकिस्तानी समुदाय, दूतावासका अधिकारी तथा उनीहरूका परिवारका सदस्यहरूको सहभागिता रहेको दूतावासले जनाएको छ।

समारोहमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मुहम्मद शहबाज शरीफ तथा उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका सन्देशहरू पढेर सुनाइएको थियो।

राष्ट्रपति जरदारीले पाकिस्तान स्थापनाका लागि गरिएको संघर्ष र बलिदानको स्मरण गर्दै स्वतन्त्रता ऐतिहासिक उपलब्धि मात्र नभई जिम्मेवारी पनि भएको उल्लेख गरेका छन्। उनले क्षेत्रीय द्वन्द्वका सम्भावित गम्भीर परिणामलाई ध्यानमा राख्दै संवाद र तनाव न्यूनीकरणका लागि पाकिस्तानले आफ्नो कूटनीतिक माध्यम, भौगोलिक अवस्थिति र कूटनीतिक क्षमताको प्रयोग गर्दै आएको बताएका छन्।

प्रधानमन्त्री शहबाज शरीफले चुनौतीका बाबजुद पाकिस्तान राष्ट्रिय विकास र समृद्धिको यात्रामा अघि बढिरहेको बताएका छन्। उनले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायमा बलियो, दृढ र सम्मानित राष्ट्रका रूपमा प्रस्तुत गर्दै शान्तिको पक्षमा वकालत गर्ने मुलुकका रूपमा चित्रण गरेका छन्।

प्रधानमन्त्री शरीफले दक्षिण एसियामा दीर्घकालीन शान्तिका लागि जम्मु–कश्मीर विवादको कूटनीतिक समाधान आवश्यक रहेको बताएका छन्। उनले यसको समाधान सम्बन्धित संयुक्त राष्ट्रसंघीय प्रस्ताव, अन्तर्राष्ट्रिय कानुन तथा कश्मीरी जनताको आकांक्षाअनुसार हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले स्वतन्त्रतापछि पाकिस्तानले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले अन्तर्राष्ट्रिय कानुन, जिम्मेवार कूटनीति र क्षेत्रीय शान्तिको खोजीप्रति पाकिस्तानको प्रतिबद्धता रहेको बताएका छन्।

समारोहमा बोल्दै राजदूत मोहम्मद आमिर खानले सन् १९४७ को ऐतिहासिक संघर्ष र राष्ट्रका अग्रजहरूले गरेको बलिदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। उनले पश्चिम एसियामा तनाव कम गर्न पाकिस्तानले खेलेको कूटनीतिक भूमिकाले विश्वस्तरमा सकारात्मक प्रभाव पारेको दाबी गरे।

राजदूत खानले शान्ति र प्रगतिप्रति पाकिस्तानको प्रतिबद्धता दोहोर्‍याउँदै कुनै पनि चुनौतीको सामना गर्न राष्ट्र एकताबद्ध भएर अघि बढ्ने बताए।

साथै, उनले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। शताब्दीयौँ पुराना सभ्यतागत सम्बन्ध, ऐतिहासिक सम्बन्ध तथा साझा मूल्यका आधारमा नेपालसँग थप सुदृढ कूटनीतिक तथा आर्थिक सम्बन्ध निर्माण गर्न पाकिस्तान तयार रहेको उनले बताए।

 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ४ : ३६ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा