३० श्रावण २०८३, शनिबार | August 15, 2026

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो



काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित काठमाडौंमा मनाएको छ।

शनिबार काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय समुदाय, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’ गायनबाट गरिएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झण्डा फहराउँदै भारतको राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिएको सम्बोधनसमेत प्रसारण गरिएको थियो।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदूतले भारतीय सशस्त्र सेनामा कार्यरत रहँदा मृत्यु भएका ११ जना सैनिकका विधवा तथा निकटतम परिवारजनलाई सम्मान गरेका छन्। उनीहरूलाई आर्मी ग्रुप इन्स्योरेन्स फन्ड ९ब्न्क्ष्ँ० अन्तर्गत कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरका चेक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

त्यस्तै, ८०औँ स्वतन्त्रता दिवसको अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको थियो। ‘विकसित भारत’ विषयमा आयोजना गरिएको चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

यसै अवसरमा ‘भारत को जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई समेत सम्मान गरिएको दूतावासले जनाएको छ।

दूतावासले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान प्रदान गर्ने घोषणा पनि गरेको छ। शैक्षिक सामग्रीमा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त पहल गरिएको दूतावासको भनाइ छ।

कार्यक्रममा भारतीय समुदाय तथा नेपालमा भारतका मित्रहरूको उत्साहजनक सहभागिता रहेको थियो। दूतावासका अधिकारी तथा उनीहरूका परिवारको समेत सहभागिता रहेको कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीले देशभक्तिपूर्ण गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।

भारतले हरेक वर्ष १५ अगस्टमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ। सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको भारतले यस वर्ष ८०औँ स्वतन्त्रता दिवस मनाएको हो।

 

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १ : १३ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर