चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका-५ स्थित सिमलधारामा शुक्रबार राति १०ः२५ बजे सडक माथिबाट रुखसहित खसेको सुक्खा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
रातभर उपकरण प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६ः१५ बजेदेखि सडकमा सवारीसाधनको आवागमन सहज भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक खुलेसँगै रातभर बाटोमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

















प्रतिक्रिया