४ भदौ २०८३, बिहिबार | August 20, 2026

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने



काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका श्रद्धालु भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर हिमालयन उद्धार सङ्घले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

सङ्घले आज पत्रकार सम्मेलन गरी गोसाइँकुण्ड जाने भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर पाँच चिकित्सकसहित सातजनाको टोली गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दियो । डा सिभानी रायमाझीको नेतृत्वमा डा टपेन्द्र ढकाल, डा अविनाशकुमार शाह, डा उदय पाण्डे, डा प्रज्ज्वल लुइँटेल, चिकित्सा शिक्षाका विद्यार्थी नम्रता अधिकारी र सहयोगी प्रकाश खत्री गोसाइँकुण्ड प्रस्थान गरेका छन् ।

पत्रकार सम्मेलनमा सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले गोसाइँकुण्ड जाने तीर्थयात्रीको सुविधाका लागि चिकित्सक टोली गोसाइँकुण्डमा पठाइएको जानकारी दिए।

टोलीले एकादशीदेखि पूर्णिमासम्म गोसाइँकुण्डमा तीर्थयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्ने छ । समुद्री सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) समस्या देखिन थालेपछि सङ्घले सन् १९९७ देखि निरन्तर रुपमा त्यहाँ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए ।

लेक लाग्ने समस्या शतप्रतिशत रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा कतिपयले ज्यान गुमाउने गरेका छन् । लेक लाग्दा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेकाले विशेष ध्यान दिनुपर्ने सङ्घले जनाएको छ । तीर्थयात्रीलाई सचेत गराउन यस वर्ष सङ्घले यस सम्बन्धी जानकारीमूलक सामग्री वितरण गर्ने योजना बनाएको छ । गत वर्ष सङ्घले ५०० भन्दा बढी बिरामीको उपचार गरेको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ३ : ३३ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब