काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा सरकारको असंवेदनशीलताका बारेमा प्रश्न उठाएका छन् ।
गरिमाको जघन्य हत्या प्रकरणमा मन्त्रालयभित्रै मृतकका बाबु आमाले धन्यवाद भनेको भिडियो तथा आरोपीको बयानको भिडियो सार्वजनिक भएको प्रति आपत्ति जनाउँदै आचार्यले राज्य र समाज संवेदनशील नबनेको बताएका छन्।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सो घटना पछि मृतकका परिवार र अभियुक्तको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘गरिमा हत्याकाण्डको बारेमा जे भयो त्यसका बारेमा धेरै बोलिन । तर हामी सबै जनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं ?’ उनले भनेका छन्, ‘जहाँ मृतकको बुवाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ । र कहिँ मेडिकल गर्दै गर्दा एउटा अक्युज्ड (आरोपित)ले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’
गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीले संघीय मन्त्रालयको कोठामा सरकारले आफूहरूको कुरा सुनेको भनेर सरकारलाई बुवा मनोज चौधरीले सरकार धन्यवाद प्रकट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो भने आरोपीसँग सोधपुछ गरिएको दृश्य पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । हातमा हतकडी लगाइएका आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको उक्त भिडिओ सार्वजनिक भएको हो ।
गत साउन ३१ गते हराएकी बालिकाको शव तीन दिनपछि सोही ठाउँको एक घरमा फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको प्रहरीको निश्कर्ष छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कार पछि हत्या भएको अनुमान गरेको छ।

















प्रतिक्रिया