८ भदौ २०८३, सोमबार | August 24, 2026

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)



काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनले सोमबार उनीहरूको सरुवा गरेको हो।

सरुवा भएका मध्ये २१ जनालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानीय तहमा पठाइएको छ।

यस पटकको सरुवामा विशेष गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न सङ्घीय मन्त्रालयहरू र प्रदेशका मन्त्रालयहरूमा ठुलो फेरबदल गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत वेदप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा र रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाइएको छ।

यस्तै, स्वास्थ्य मन्त्रालयका गोविन्दप्रसाद अधिकारी, लगानी बोर्डकी सुनिता नेपाल र पूर्वाधार मन्त्रालयका रामहरि पोखरेललाई अख्तियारमा ल्याइएको छ। गृह मन्त्रालयमा कार्यरत राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  १० : ३९ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा