११ भदौ २०८३, बिहिबार | August 27, 2026

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बैठक बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा बाढीबाट उत्पन्न परिस्थितिमा राजनीतिक दलहरूबीच आवश्यक समन्वय तथा आगामी कदमबारे छलफल हुनेछ । बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत व्यवस्थापन र पछिल्लो अवस्थाबारे पनि बैठकमा छलफल हुने प्रवक्ता खरेलले बताए ।

बाढीका कारण रसुवागढी क्षेत्रसहित विभिन्न स्थानमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट खोज तथा उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ८ : ०४ बजे

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली