११ भदौ २०८३, बिहिबार | August 27, 2026

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला



काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा हालसम्म १६२ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ वटा रहेका छन् ।

बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान ५ बजेसम्म बाढीबाट प्रभावित विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ३ हजार ३१८ प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ९ : १३ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा