११ भदौ २०८३, बिहिबार | August 27, 2026

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री



काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल पठाएको छ ।

तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढी पछि भारतले दोस्रो लटको औषधीजन्यसहित ३७.५ टन थप सामग्री नेपाल पठाएको हो ।

‘नेपालका लागि ३७.५ टन बराबरको मानवीय सहायता तथा विपद् राहतसामग्री, औषधि र खाद्य सामग्री बोकेको दोस्रो उडान प्रस्थान गरेको छ,’ भारतीय बिदेश मन्त्री एस जयशंकरले जानकारी दिदैं भनेका छन, ‘भारत नेपाली अधिकारीहरूसँग निरन्तर र घनिष्ठ सम्पर्कमा रहिरहेको छ। हामी जारी राहत कार्यहरूमा सशक्त सहयोग गरिरहने छौं।’

हिजो साँझ पनि भारतले १० टन सामाग्री नेपाल पठाएको थियो । भैतिक सामाग्री सहयता गर्नेमा भारत पहिलो र अहिलेसम्मको एक्लो देश हो ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १२ : ४० बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा